२७ श्रावण २०८३, बुधबार

टेलिकमको एफटीटीएच सेवाको माग दर्ता अब १९८ मार्फत गर्न सकिने



काठमाडौं । नेपाल टेलिकमले मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ ।

सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरी १ ) मा डायल गरी ग्राहक सेवा केन्द्रका आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको हो ।

भोलि (असार ११ गते) देखि एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ ।

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबर बाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेकाकम्पनीले जानकारी दिएको छ ।