मेगा क्यापिटललाई एनआईबिएल एस क्यापिटले प्राप्ति पछि असार १८ देखि एकिकृत कारोबार गर्ने
काठमाडौं । मेगा क्यापिटल मार्केट लिमिटेडलाई एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार १८ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।
मेगा क्यापिटल मार्केट लिमिटेडलाई एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो । अब एनआइएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरू हुन लागेको हो ।
प्राप्ति सम्बन्धि प्रस्ताव दुबै कम्पनीले जेठ २९ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित गरेका थिए ।













