तपाइलाई नगर प्रहरी बन्न मन छ ? यस्तो छ अवसर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तपाइलाई नगर प्रहरी बन्न मन छ ? यस्तो छ अवसर



काठमाडौं । काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी माग गरेको छ । महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै करारमा नगर प्रहरी माग गरेको हो ।

महानगरले सूचनामा सैन्य पदको लागि अन्तिम नतिजामा उत्तीर्ण भएका तर मूख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकेको अवधिमा प्राप्त निवेदनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिने उल्लेख गरेको छ ।

इच्छुक व्यक्तिहरुरले आवश्यक कागजात संकलन गरि आजको मितिबाट १५ दिनभित्र काठमाडौं महानगरपालिलका, प्रशासन विभाग,काठमाडौंमा दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्