प्रसाईंको ५ करोड लागतमा बनेकाे मोहनमाया स्कुलको भवन उद्घाटन
काठमाडौं । पछिल्लाे समय बैंकहरूबाट लिएकाे कर्जा तिर्न नपर्ने भनि आन्दाेलनकाे नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा पसाईंको व्यक्तिगत सहयोगमा बनेको झापाको मोहनमाया माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बिहीबार विद्यालय परिसरमा बिशेष समारोह गरेर भवनको उद्घाटन गरिएको हो ।
झापाकाे चारपानेमा निर्मित उक्त भवनको प्रसाईँलेनै उद्घाटन गरेका हुन् । विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय, जनप्रनिधि लगायतका सरोकारवालाहरुको उपस्थीतिमा भव्य कार्यक्रम गरेर विद्यालयको भवन उद्घाटन गरिएको हो ।
उनको झण्डै ५ करोड रुपैयाँ सहयोगमा उक्त भवन बनाइएको छ । भवनमा १२ कोटा रहेका छन् । कान नसुन्ने, आँखा नदेख्ने विद्यार्थीलाई सहजता प्रदान गर्न उक्त भवन बनाएको प्रसाईंको भनाइ छ । उक्त विद्यालयलाई पुर्वी नेपालमै राम्रो पढाई हुने विद्यालयको रुपमा लिइन्छ ।














