हिमालयन बैंकले गर्यो १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । हिमालयन बैंकले १० लाख रुपैयाँ मृत्यु दावी भुक्तानी दिएको छ । बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको हो ।
बैंकका खातावाला ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको थियो । बैंकले उनको श्रीमती विमला गुराँगाईलाई सो रकम दिएको थियो । सो रकम बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच हस्तान्तरण गरिएको थियो ।
बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसंग खातावालाहरुको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो ।रकमले मृतकको परिवारमा केही सहयोग पुग्ने बैंकको विश्वास छ । हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
यसका साथै अन्य वचत योजनाहरुमा ५ लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ ।हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।













