साउन महिनाकाे लागी बैंकहरुले ताेके नयाँ ब्याजदर, कुन बैंकले कति दिनेभए ?
काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।
नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका छन् ।
साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९.७२ प्रतिशत कायम गरेका छन् ।
बैंकहरुले प्रकाशन गरेको ब्याजदर अनुसार सबैभन्दा धेरे एनएमबि बैंकको छ । बैंकले मुद्दति निक्षेपमा १०.९८ प्रतिशतसम्म ब्याजदर दिने भएको हो । यद्यपि, यो भने १० वर्षभन्दा माथि अवधिको मुद्दति निक्षेपको ब्याजदर हो । सो अवधि भन्दा तलको निक्षेपमा भने बैंकले ९.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, दोस्रो स्थानमा भनेको प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.९३ प्रतिशत ब्याजदर दिने भएको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले पनि ९.९३ प्रतिशत ब्याज दिने भएको छ ।
नबिल बैंकले भने १०.४९ प्रतिशत ब्याजदर तोकेको छ । तर, सबैभनदा कम स्ट्याण्डर्ड चार्टर्डको छ । बैंकले मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरि हिमालयन बैंक, ग्लोबल आइएमई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेमा एउटै ब्याजदर अर्थात ९.९९ प्रतिशत तोकेका छन् ।
यता, कृषि विकास बैंकले ९.५१ प्रतिशत, सिद्धार्थ बैंकले ९.५० प्रतिशत, प्रभुले ९.५० प्रतिशत र एभरेष्ट बैंकले १०ल प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
आगामी साउनमा सानिमा बैंकले मुद्दति निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, नेपाल एसबिआईले ९.१० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत, नेपाल बैंकले ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
यस्तो छ बैंकहरुले साउन महिनाका लागि निर्धारण गरेको मुद्दति निक्षेपको ब्याजदर














