२६ श्रावण २०८३, मंगलबार

१० लाख कित्ता आइपीओ ल्याउँदै आइएमई लिमिटेड, धितोपत्र बोर्डसंग माग्यो अनुमति



काठमाडौं । आइएमई लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) संग अनुमति मागेको छ ।

कम्पनीले १० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नका लागि असार २९ गते बोर्डमा निवेदन पेश गरेको छ ।कम्पनी १०० रुपैयाँ अंकित दर १० लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।