कुन–कुन बैंक तथा वित्तीय संस्थाले नविकरण गरे आस्वा सदस्यता नविकरण ?
काठमाडौं । दुई दर्जन बैंक तथा वित्तीय कम्पनीहरुले आस्वा सदस्यता नवीकरण गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार २४ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सदस्यता नविकरण गराएका हुन् ।
नकिवरण गर्नेमा बैंकतर्फ नेपाल एसबिआइ बैंक, सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छ्रे, प्राइम, प्रभु, एभरेष्ट, कुमारी, सनराइज, सिद्धार्थ, कृषि विकास, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सदस्यता नविकरण गराएका हुन् ।
तर, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र सानिमा बैंकले सदस्यता नवीकरण गराएका छैनन् ।
यस्तै, विकास बैंकतर्फ गरिमा विकास बैंक, ज्योति विकास, सांग्रिला डेभलपमेन्ट, कामना सेवा,शाइन रेसुङ्गाले आस्वा सदस्यता नविकरण गरेका छन् ।
यी हुन् आस्वा सदस्याता नविकरण गर्ने बैंक तथा वित्तीय संस्थाहरु:













