हिमालय एअरलाइन्सद्धारा एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टन स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण
काठमाडौं । हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तरगत एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई सहयोग गरेको छ ।
असार ३१ (जुलाई १६) मा भएको हस्तान्तरण समारोहमा एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका थिए ।
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरेको जहाँ खाँचोमा परेका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन् । वार्डले कम आर्थिक अवस्था भएका बिरामीहरूलाई सेवा दिन्छ र अस्पतालको माथिल्लो तलामा अवस्थित छ जहाँ बिरामीहरू साथै चिकित्सा र सेवा गर्ने कर्मचारीहरूले अक्सर उच्च तापक्रम र आर्द्र अवस्थाको अनुभव गर्छन् । वार्डको राम्रो कामको लागि अनुकूल वातावरण सिर्जना गर्न वातानुकूलित स्थापना स्वागत योग्य राहत हो ।
अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोह पछि एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गरेका थिए । एन्योङ्गले भने, “हिमालय एअरलाइन्सको लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील बृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ । म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ ।“
उनले नेपाल अपाङ्ग संघका पदाधिकारीहरूद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एअरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केहि अंश सामाजिक उत्तरदायित्वको लागि योगदान गर्ने, हिमालयको प्रतिबद्धता पनि साझा गरे ।
डा कैलाश कुमार भण्डारीले हिमालय एअरलाइन्सप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै भने, “हामी हिमालयको यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्छौं र नेपाल अर्थोपेडिक अस्पतालसँगको सहकार्य सुरुवातको लागि हिमालय एयरलाइन्स प्रति हामी आभारी छौं।”












