२६ श्रावण २०८३, मंगलबार

प्रभु क्यापिटलले ल्यायो लोयल्टी प्वइन्ट्सका साथै रिफरल स्किम



काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संग लोयल्टी प्वइन्ट्स अफर साथै रिफरल स्किम लन्च गरेको छ ।

ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी प्वइन्ट्स अफर ल्याएको छ । लोयल्टी लोयल्टी प्वइन्ट्स र रिफरलको अफर क्यापिटलले साउन १ गतेदेखि सार्वजनिक गरेको हो ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी लोयल्टी प्वइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेअर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वइन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।