२६ श्रावण २०८३, मंगलबार

मर्जरपछि विजय लघुवित्तको सीइओ बने लम्साल, घिमिरेलाई कम्पनी सचिवको जिम्मेवारी



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बसन्त राज लम्साल नियुक्त भएका छन् ।
मर्जर पश्चात कम्पनीको आगामी चार वर्षका लागि सीइओमा लम्साल नियुक्ति भएका हुन् ।

यस्तै, कम्पनीको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा भने सरोज घिमिरे नियुक्त भएका छन् । घिमिरलाई कम्पनी सचिवको पनि जिम्मेवारी प्रदान गरिएको छ ।

साउन १ गतेको बैठकबाट संचालक समितिको कार्यभार सम्हालेका संचालकहरुले पद तथा गोपनियताको पनि सपथ ग्रहण गरेका छन् । उनीहरुले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा (२) मा भएको व्यवस्था बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सोही बैठकबाट नै प्रमुख कार्यकारी अधिकृतमा लम्साल र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको संचालक समितिको अध्यक्षमा लोक बहादुर खड्का, सदस्यमा कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, खेमराज सापकोटा, नयाँ शर्मा पौडेल, उमेश घिमिरे र सृजना शर्मा (गौतम) चयन भएका छन् ।