२६ श्रावण २०८३, मंगलबार

म्यारियट होटलले ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ गर्दै



काठमाडौं । काठमाडौंको नक्सालमा रहेको म्यारियट होटलले रात्रीकालीन पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालमै पहिलो पटक ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना हुने होटलले जानकारी दिएको हो ।

शुक्रबार (साउन ५ गते) हुने पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने होटलले जनाएको छ । कार्यक्रममा देशकै चर्चित डिजेहरूको बिपीएम, वाईएनजेडएन, ओ मान्शी लगायतका डिजेहरूको प्रस्तुती रहने छ ।

होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले सो रात्रीकालीन पार्टी विर्षनै नसकिने प्रकृतिको हुने बताए । उनले भने,‘हामी हाम्रा पाहुनाहरूलाई नौलो तथा अद्भुद् अनुभूति प्रदान गर्नका लागि प्रतिवद्ध छौँ ।’

पार्टीमा सहभागीताका लागि प्रतिव्यक्ति ९ सय ९९ रुपैयाँमा टिकट बुक गर्न सकिनेछ । सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलले जनाएको छ । साथै होटलले भिआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपैयाँबाट सुरू हुन्छ । जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।

टिकट बुक गर्नका लागि ९८०१२२८९९२ मा फोन तथा [email protected] मा इमेल गर्न सकिनेछ ।