१५० प्रतिशत ‘राइट सेयर’ निष्काशन गर्न लागेको आँखुखोला जलविद्युत कम्पनी कसरी पुग्यो नोक्सानीमा ?
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी नोक्सानीमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।
समिक्षा अविधमा आईपुग्दा कम्पनीको खुद नाफा ४४ लाख ६१ हजार रुपैयाँ ऋणात्मक छ । तर, अघिल्लो आवको समिक्षा अवधिमा भने कम्पनीले २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
विशेषत कम्पनीको विद्युत बिक्री आम्दानीमा गिरावट आएसंगै खुद नाफा प्रभावित बनेको हो । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीले २२ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको आम्दानी गरेको थियो । तर, गत आवको सोही अवधिमा आईपुग्दा १३.८० प्रतिशतले घटेर १९ करोड २२ लाख रुपैयाँ कायम भएको छ।
गत वर्ष पानी कम गरेको र नेपाल विद्यूत प्राधिकरणले विद्युत उत्पादनमा रोक लगाएका कारण पनि कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको रिपोर्टमा उल्लेख छ । कम्पनीको कर्मचारी खर्च, टबाइन मर्मत लगायतमा वित्तीय खर्च बढेको जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद सेयर निष्काशनका तयारीमा रहेको यस कम्पनी प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ६९ रुपैयाँ ६१ पैसा रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पनि पाएको छ ।













