१८ श्रावण २०८३, सोमबार

मौद्रिक नीतिः राष्ट्र बैंकले घटायो नीतिगत दर



काठमाडौं । राष्ट्र बैंकले नीतिगत दरलाई घटाउने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाउने निर्णय गरेको हो । चालु आवको लागि नीतिगत दर ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोलदरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

बैंकले सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको केन्द्रीय बैंकले जनाएको छ ।