कामना सेवा विकास बैंकले गर्यो विभिन्न शाखा कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान
काठमाडौं । कामना सेवा विकास बैंकले सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको छ । बैंकले सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवद्र्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकमहानुभावहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको हो ।
दिगो विकासको लक्ष्य अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित विभिन्न कार्यालयहरुमा समेत सो भेन्डिङ्ग मसिन जडान गरेको छ । उक्त मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहक महानुभावहरुले रजश्वलाको बेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको हो ।
बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री बनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहक महानुभावहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरेको बैंकले जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि पनि जनस्वास्थ्यको प्रवद्र्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु ब्ैंकले संचालन गर्दै आएको छ ।













