२५ श्रावण २०८३, सोमबार

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा



काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको हो ।

ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागमा ५३ करोडको माग दाबीसहित बचतकर्ताले उजुरी दिएका छन्