सूर्यज्योति लाइफले धितो बापत दिइने कर्जाको ब्याज १० प्रतिशत कायम गर्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो बापत दिइने कर्जाको ब्याज १० प्रतिशत कायम गर्ने भएको छ ।
कम्पनीद्धारा जारी बीमालेखहरुमा बीमालेख धितो बापत दिइने कर्जाको ब्याज २०८० साउन १ गतेदेखि १० प्रतिशत कायम गरेको होे ।
साथै, आफुले लिएको बीमा कर्जाको ब्याज समयमा नै भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको छ ।














