२५ श्रावण २०८३, सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई तेस्रो पटक ‘बेष्ट बैंक अफ नेपाल यूरोमनी एक्सिलेन्स अवार्ड’



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले अन्तर्राष्टिय रुपमा ‘बेष्ट बैंक अफ नेपाल’ यूरोमनी एक्सिलेन्स अवार्ड, २०२३ प्राप्त गरेको छ ।

बैंक तेस्रो पटक सो अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि बैंकले बेष्ट बैंक अफ नेपाल यूरोमनी एक्सिलेन्स अवार्ड, २०१८ र २०२१ प्राप्त गरेको थियो । तेस्रो पटक सो अवार्डबाट सम्मानित हुन पाउँदा बैंकले खुशी व्यक्त गरेको छ ।

बैंकले भन्यो,–‘एनआइएमबि तेस्रो पटक अवार्ड प्राप्त गर्न पाउँदा सम्पूर्ण ग्राहकवर्ग, निमायमकहरु र सरोकारवालाहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं ।’