२५ श्रावण २०८३, सोमबार

कुमारी बैंकको दुई लाख ४० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको दुई लाख ४० हजार १०१ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका सेयरधनी बसन्त कुमार चौधरीले दुई लाख २३ हजार २७१ कित्ता र राजु बहादुर श्रेष्ठले १६ हजार ८३० कित्ता बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ११ गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं १ नक्साल र बैंकको प्रधान कार्यालय टंगाल २ मा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।