एनएमबी बैंक लुटपाटमा संलग्न रहको आरोपमा भारतीय नागरिक पक्राउ
काठमाडौं । एनएमबी बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुटपाट गरेको आरोपमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार प्रक्राउ गरेका हुन् ।
बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको हो । चार पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए ।
लुटपाटमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ ।













