२५ श्रावण २०८३, सोमबार

ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु स्थानान्तरण हुने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्यालयहरु स्थानान्तरण हुने भएका छन् । ग्लोबल आइएमई र साविकको बैंक अफ काठमाण्डू मर्जर भइ पश्चात एकै स्थानमा संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण हुने भएका हुन् ।

शाखा कार्यालयहरु समायोजन र स्तानान्तरण भई साउन २१ गतेदेखि एकीकृत रुपमा संचालन हुने बैकले जनाएको छ । साथै, शाखा कार्यालयमा रहेका ग्राहक खाताहरु स्थानान्तरण भएको शाखा कार्यालयमा स्थानान्तरा गरी सेवा सूचारु हुने जनाएको छ ।