कहिलेसम्म कायम सेयरधनीहरुले समाज लघुवित्तको लाभांश पाउछन् ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने साउन २० गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गर्ने हुदाँ साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा साउन ३१ गतेका लागि बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहिमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
साथै, सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।













