७ श्रावण २०८३, बिहिबार

होटेल क्राउन इम्पेरियलले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं । अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियल आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त गरेको हो ।

होटेल एक अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो । बिक्री प्रबन्धक सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिरमान मास्केले हस्ताक्षर गरेका हुन् ।

अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्