अध्यक्ष ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच भेटवार्ता, के के भयो छलफल ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तिय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको बिकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार बिकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए ।
कोभिडपछिको तिव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आप्mनै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए । निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनले बताए ।
नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसंग सहकार्य गर्न आपूm तयार रहेको वताउनुभयो । पछिल्लो समय निगमसंगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो ।













