१६ वर्षदेखी प्राइम बैंकको सीइओ रहेका मानन्धरको कार्यकाल सकियो, सञ्जिव कामु सीईओ
काठमाडौं । प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण दास मानन्धरको कार्यकाल सकिएको छ ।सीइओ मानन्धरको चार वर्षे कार्यकाल समाप्त भएको छ । प्राइम बैंकको स्थापना कालदेखीनै सीईओ रहेका नारायणदाश मानन्धरको कार्यकाल हिजो साउन १६ गतेदेखी सकिएको छ ।
उनी बैंक स्थापनाकालदेखि नै सीइओका रुपमा रहेका थिए । बैंकिङ्ग क्षेत्रमा साढे ५ दशक लामो अनुभव रहेका मानन्धर दोस्रो कार्यकालका प्राइममा सीइओ बनेका थिए । हाल बैंक तथा वित्तीय संस्था सम्वन्धि नयाँ ऐनले सीइओको दुई कार्यकाल मात्र काम गर्न पाउने व्यवस्था छ ।
कृषि विकास बैंक स्थापनादेखि नै सो बैंकमा आवद्ध मानन्धर पछि क्रमश: राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकमा आवद्ध भएका थिए । उनले २०६० को दशकमा स्थापना भएका बैंकहरु मध्ये राम्रो बैंकको रुपमा प्राइम बैंकलाई स्थापित गराएका छन् ।
सीइओ मानन्धकरको कार्यकाल सकिएपछि बैंकको कायममुकायम सीइओको जिम्मेवार जनरल म्यानेर सञ्जिव मानन्धरले पाएका छन् । बुधवार बिहान बसेको बैंक संचालक समितिले सञ्जिवलाई कामु सीइओमा नियुक्त गरेको हो ।
प्राइम बैंक सेटेम्बर २००७ मा खुलेको बैंक हो । बैंक खुल्नुअघिदेखीनै बैंकसंग आवद्ध रहेका मानन्धर बैंकलाई राम्रोसंग ड्राइभ गर्ने व्यक्ति हुन् । उमेरले ७० को दशक कटिसक्दासमेत प्राइमलाई अब्बल बैंकमा दर्ज गराउन सफल मानन्धरको यो चौथो कार्यकाल पुरा भएको छ । अव संन्जिबको नेतृत्वको बैंककले कस्तो गति लिन्छ हेर्न बाँकी छ ।













