अब जिडब्लुएमका गाडी किन्दा प्रभु बैंकले ८० प्रतिशतसम्म ऋण दिने
काठमाडौं । भिजि ईम्पेक्स नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले प्रभु बैंकसँग जिडब्लु एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को लागि वित्तीय सम्झौता गरेको छ ।
उक्त सम्झौतामा जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र बैंकका चीफ विजनेश अफिसर रेनु प्रसाद पाण्डेले जिडब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी लाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका हुन् ।
जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।
प्रभु बैंकले १२.०६ प्रतिशथत ब्याज दर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ । अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशत सम्म उपलब्ध गराउने छ । साथै यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो तर विशेष अवस्थामा यो ७ वर्षसम्म बढाउन सकिन्छ । थप रूपमा, ०.७५ प्रतिशत को प्रशासन शुल्क बैंक द्वारा चार्ज हुनेछ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।













