२५ श्रावण २०८३, सोमबार

बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूर्योदय वोमी लघुवित्तको अनुरोध



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर बापतमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर रकम जम्मा गर्ने भनेको हो ।

कम्पनीको बैशाख ३० गते सम्पन्न वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । कर बापतको रकम कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी १ नक्सालमा वा कुमारी बैंकको कुनै पनि शाखा कार्यालबाट बुझाउन सक्नेछन् ।

साथै, कुमारी बैंकमा रहेको खाता नं १२९००९८४०७२०००२० मा सेयरधनीले कर बापतको रकम जम्मा गरेपश्चात बोनस सेयर विवतरण हुने कम्पनीले जनाइको छ ।