२५ श्रावण २०८३, सोमबार

शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालले लिए शपथ



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गरेका हुन् ।

त्यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित रहेको थियो ।