एनआइसी एशिया क्यापिटलको खुद नाफा करिब साढे १० करोड, प्रतिसेयर आम्दानी ५२ रुपैयाँ !
काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । क्यापिटलले सार्वजनिक गरेको विवरण अनुसार प्रतिसेयर आम्दानी बढेर ५२ रुपैयाँ १० पैसा पुगेको छ ।
मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोवारमा समिक्षा अवधिभर नै मन्दी हुनु तथा अधिकाशं आर्थिक सूचकहरु नकरात्मक भई समग्र व्यवसायमा मन्दीको अवस्था सिर्जना भइरहेको समयमा समेत समग्र व्यवसायमा सन्तोषजनक बृद्धि गर्न सफल भएको क्यापिटलले जनाएको छ । २० करोड रुपैयाँँ चुक्ता पूँजी रहेको क्यापिटलले आ.व. २०७९/०८० मा १० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको अन्तिमसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत र चौथो वर्ष १३ प्रतिशत गरी हालसम्म ६५ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत र तेश्रो वर्ष १३ प्रतिशत गरी हालसम्म ५१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।
पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत र दोश्रो वर्ष ६ प्रतिशत गरी हालसम्म १६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरण पश्चात्तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८० मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य ११.९८ रुपैयाँ, “एन आई सी एशिया ब्यालेन्सड्फण्ड” को खुद सम्पत्ति मूल्य ११.२८ रुपैयाँ, पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.१० रुपैयाँ, तेश्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड”को खुद सम्पत्ति मूल्य १०.७४ रुपैयाँ तथा चौथोबन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को १०.६७ कायम गर्न सफल भएको छ ।
“एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”ले आ.व. २०७९/८० को लागि १० प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सबै भन्दा सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाएको छ ।
क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत २०८० आषाढ मसान्तसम्म १८ वटा कम्पनीहरुसंग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ । क्यापिटलले कुनै पनि कम्पनीको Scale up: Expansion, Growth, Further Expansion हुदैं आइपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना ल्याउने जनाएको छ ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम्योजनाहरु संचालन गरीे आ.व. २०७९/०८० को अन्त्यसम्ममा ६६५ जना ग्राहकहरुबाट १ अर्व ८१ करोड रुपैयाँ भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services, जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ । जुन सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ ।
क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनता समक्ष डिम्याट खाताको पहुच सहज, सर्वसुलभ तरिकाबाट पु¥याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझँ पु¥याउन एनआईसी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।













