२४ श्रावण २०८३, आइतबार

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ‘डोच एण्ड डोरीस रेस्टुरेन्ट’ मा १५ प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंक र डोच एण्ड डोरीस रेस्टुरेन्टबीच साउन २२ गते सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, पुतलीसडक स्थित डोच एण्ड डोरीस रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।