२४ श्रावण २०८३, आइतबार

रिलायबल नेपाल लाइफको आइपीओ एनएमबि बैंकबाट नि:शुल्क र्भन मिल्ने



काठमाडौं । एनएमबि बैंकको खाताबाट रिलायबल नेपाल लाइफको आइपीओ नि:शुल्क र्भन मिल्ने भएको छ । बैंकले सर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै उक्त व्यवस्था गरेको हो । कम्पनीले आज बाट निष्काशन गरेको आइपीओ एनएमबि बैंकबाट भर्दा पैसा नलाग्ने चएको छ ।

बैंकका ग्राहकले आस्वा प्रणाली वा मेरो सेयरबाट आवेदन दिदा शुल्क नलाग्ने बैंकले जनाएको छ । यो सुविधा २४ घण्टा पाइने, बैंकिङ प्रणालीबाट बैंकका ग्राहकले आफू लगायत परिवारजनको डिम्याट तथा मेरो सेयर खाता २४ घण्टा नै खोल्न सकिने, बैंकका ग्राहकले घरमै बसी अनलाइनबाट सेयर कारोबार गर्न सक्ने लगायतका सुविधाको व्यवस्था गरेको बैंकले जनाएको छ ।