एनआइसी एशिया बैंकको स्वामित्वमा भएको दुई लघुवित्तसहित तीन कम्पनीको सेयर लिलामीमा
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त, महुली लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
बैंकले सूर्योदय वोमी लघुवित्तको ८२ हजार १०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । जसका लागि न्यूनतम मूल्य २३७ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
यस्तै, महुली लघुवित्तको ४ हजार ९२० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । जसका लागि न्यूनतम मुल्य २७७ रुपैयाँ तोकिएको हुदाँ लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।
नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । जसका लागि यूनतम ७११ रुपैयाँ तोकेको छ । लगानीकर्ताले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गर्ने सक्नेछन् ।
जसमा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवश्यक कागजात संकलन गरी साउन ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । जसमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
आवेदन एनआइसी एसिया क्यापिटल र एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्ने जनाएको छ ।













