डिशहोमले ल्यायो नयाँ अफर, मासिक १०० रुपैयाँमा नै टिभी हेर्न मिल्ने
काठमाडौं । डिश मिडिया नेटवर्कले नयाँ प्याकेज ल्याएको छ । ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको हो ।
अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ । यो अफरको वारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिन्छ ।













