२४ श्रावण २०८३, आइतबार

माछापुच्छ्रे बैंकले ल्यायो मोबाईल बैंकिङ्गमा ‘अफलाइन ट्याप एण्ड पे’ सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक मोबाईल बैंकिङ्गमा अफलाइन ट्याप एण्ड पे सेवा सुरु गरेको छ । बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इएमभि इस्टयान्डरमा आधारित टोकनलाइजेसन प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा कनट्याक्लेस अफलाइन ट्याप एण्ड पे सेवा सुरु गरेको हो ।

टोकनलाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ । बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पिओएस मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन एमबिएल एम स्र्माट प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने Android मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन । बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दैF1soft International Pvt. Ltd., Nepal Clearing House Limited (NCHL) र Citytech Pvt. Ltd. संगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो ।

बैंकले टोकनलाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडी बढीरहेको बैंकले विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ । यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ट्याप एण्ड पे सेवा यस बैंकले संचालनमा ल्याएको हो ।