२४ श्रावण २०८३, आइतबार

भदौ २१ गते बोलायो कुमारी क्यापिटलले साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेण्डा



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा भदौ २१ गते बोलाएको छ । साउन २५ गते बसेको संचालक समितिको बैठकले कुमारी बैंक टंगाल काठमाडौंमा साझ ५:३० बजे आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष ७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्नेछ । कम्पनीले आव २०७९/०८० को वासलात, नाफा नोक्सान अवधिको नगद विवरण लगाएतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै, सञ्चालक समितिको सदस्यहरु र कम्पनी सचिवको बैंठक भत्ता वृद्धि गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने सम्बन्धमा छलफल गर्नेछन् ।