२४ श्रावण २०८३, आइतबार

कुशल व्यवसाय परामर्शद्धारा ३८८ जना उद्यमीहरुलाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण



काठमाडौं । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र मार्फत ३८८ जनालाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण गरेको छ । देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि तालिमहरु सञ्चालन गरेको हो ।

कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकास मार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ सीपमुलक तालिम नपाएर बेरोजगार बनेका अति विपन्न वर्गका ३८८ जना युवा युवतीहरुलाई सीप दिएर रोजगारी बनेका छन । सिटिईभिटीबाट सहभागीको ईच्छा अनुसारनै विभिन्न सीप हासिल गरेका सहभागीहरुले बेरोजगारबाट रोजगारी भएर घर चलाउन सक्षम बनेको बताएका छन । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारले बेरोजगारी अन्त्य गर्न समेत सीपमुलक तालिम दिनुपर्ने भएपनि एक निजी स्तरको संस्थाले गरेको कार्य अतुलनिय रहेको ब्युटिसियन मलिसा घिसिङले बताएकी छिन ।

दक्षताको प्रमाण–पत्र वितरण तथा अनुभव आदान प्रदान कार्यक्रममा घिसिङ जस्ता अधिकाश सहभागीले महिनाको ३०–४० हजार कमाउन अब सीप सहयोगी भएको बताए । तालिमले पारेको प्रभाव बारेमा तथा परिवर्तन अनुभव टेलरिङ्ग व्यवसायीको तर्फबाट पुर्ण कुमारी कार्की, ब्युटिसियन व्यवसायीको तर्फ बाट मलिसा घिसिङ्ग, मेशन बाट श्रीराम खाँ थारु रहेका थिए । केन्द्रले आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा विभिन्न विधामा सिप लिएका बारा, पर्सा र रौतहट जिलाका ३ सय ८८ जना उद्यमीहरुलाई एकै स्थानमा भेला गराए प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सिप बिना मानिसको जीवन निरर्थक हुने बताए । कुशल तालिम केन्द्रले सिप प्रदान गरेर स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको र यसले देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको मैनालीले बताउनुभयो । कुशल परामर्शले गरेको उत्कृष्ट कार्यको सबैले खुलेर प्रशंसा गर्नुपर्ने बताए ।

कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले आर्क वेल्डर, प्लम्बर, राजमिस्त्री, मोटरसाइकल सर्भिस मेकानिक्स, टेलरिङ्ग, व्युटिसियन, इलेक्ट्रिसियन, बेमौसमी तरकारी तालिम जस्ता गरी ८ वटा विधामा ३ सय ८८ जना उद्यमीहरुलाई तामिम प्रदान गरेको थियो । आर्क वेल्डर ५१, प्लम्बर ६९, राजमिस्त्री घर बनाउने मिस्त्री ४५, मोटरसाइकल सर्भिस मेकानिक्स १३, टेलरिङ्ग तह–१ र तह–२ पास गरेका उद्यमीहरु १०९ , व्युटिसियन ६५ , इलेक्ट्रिसियन १७ , वेमौसमि तरकारी उत्पादक २० जनालाई बिभिन्न लेवलको तालिम प्रदान गरिएको हो । जसमा महिला २३१ र पुरुष १५७ रहेका छन ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, निजगढ नगरपालिकाकी उप–प्रमुख सोममाया थिङ्ग, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, जितपुरसिमरा उपमहानगरपालिका वडा अध्यक्ष १३ का हेम नारायण चौधरी, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, माओवादी केन्द्रका संन्तोष दङ्गाल, रास्वपाका रामहरी खरेल, राप्रपाका खडग प्रसाद उप्रेती, नेकपा एसका भिमसेन सापकोटा समाजसेवी रविराज दंगाल, समाजसेवी तथा कुशलको सल्लाहकार साबित्री भारती लगायतले कुशल परामर्शले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

वडा अध्यक्ष ३ का गोकुल तिमल्सिना, ५ का सुर्य प्रसाद थापा मगर, ६.का घनश्याम तिमल्सिना र ११ का साहइयो गुरोलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो । उद्यमी सम्मान प्राप्तगर्ने उद्यमीहरुमा भेष कुमारी श्रेष्ठ टेलरिङ्ग, डोल कुमारी श्रेष्ठ ब्युटिसियन , पुर्ण कुमारी कार्की टेलरिङ्ग , देवराज गौत्तम वेल्डर , मलिशा घिसिङ्ग ब्युटिसियन, विक्रम राई प्लम्बर , गौरी शंकर चौधरी राजमिस्त्री, श्रीराम खाँ थारु राजमिस्त्री रहेका छन् ।

कुशल तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन भाइकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा समाजसेवी तथा कुशलको सल्लाहकार साबित्री भारती, सहकारी डेरी मार्फत उत्कृष्ट कार्य गरे वापत थानेश्वर सापकोटा, समाजसेवी तथा फास्ट ट्रयाक अभियन्ता रविराज दंगाल, केरा खेती विस्तारको क्षेत्रमा हिरा शारु मगरलाई सम्मान गरिएको थियो ।