महालक्ष्मी विकास बैंकले पायो ‘विएफआइएन एल एण्ड डि एक्सिलेन्स अवार्ड’
काठमाडौं । महालक्ष्मी विकास बैंकले विएआइएन एल एण्ड डी एक्सिलेन्स अवार्ड, २०२३ प्राप्त गरेको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्च्यिुट अफ नेपाल (विएफआईएन)ले प्रदान गर्ने सो अवार्ड महालक्ष्मी विकास बैंकले पाएका हो ।
कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसंगै बैंकले विएआइएन एल एण्ड डी एक्सिलेन्स अवार्ड, २०२३ बाट सम्मानित भएको छ ।
बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । साउन २९ गते सोमबार काठमाडौंको अलफ्ट होटेलमा सम्पन्न ‘लिडर फर द नेक्स्ट जेनेरेशन: एक्पेक्ट द अनेक्सपेक्टेड’ कन्फरेन्का बीच बैंकलाई सो पुरस्कार प्रदान गरिएको थियो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद शिलवालले बैंकका मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।
बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता बैंकले जनाएको छ ।
















