लिलाम सम्वन्धी सबै जानकारी एकैठाउँमा, बैंकिङ्ग क्षेत्रमै पहिलो पटक कामना सेवाले ल्यायो 'अक्सन हब' - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लिलाम सम्वन्धी सबै जानकारी एकैठाउँमा, बैंकिङ्ग क्षेत्रमै पहिलो पटक कामना सेवाले ल्यायो ‘अक्सन हब’



काठमाडौं । कामना सेवा विकास बैंकले लिलाम सम्वन्धी अनलाइन प्लाटफर्म संचालनमा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक कामनाले यस्तो प्लाटफर्म संचालनमा ल्याएको हो ।

बैंकले केएसविविएल एक्सन हब सार्वजनिक गरेको छ । यसमा बैंकले लिलाम सम्वन्धी सूचनाहरु राख्नेछ । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित गर्दै आएको लिलामको सूचनाहरु, लिलाममा चढेका तथा गैर बैंकिङ्ग सम्पत्तिहरुको थप विवरण वेवसाइट https://auction.kamanasewabank.com/ बाट हेर्न सकिने बैंकले जनाएको छ ।

सुव्यवस्थित र सहज पहुंच सहितको इन्टरफेस भएको यस वेबसाइटले लिलाम सम्बन्धी सूचना, लिलाममा चढेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्तिहरुको विवरण नियमित रुपमा प्रकाशित गर्दै जाने हुँदा उपरोक्त सम्पत्तिहरु खरिद गरी लिन चाहने व्यक्ति/संस्थाहरुलाई मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्