ग्लोबल आइएमई बैंकले पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकले पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह



काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष पुरानो लाभांश लिन सेरधनीहरुलाई आग्रह गरेको छ । बैंकको विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले आव २०६६र ०६७ देखि २०७०।७१ सम्म्को नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लाभांश रकम बुझिलिन बाँकी रहेका सेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको बेवसाइटमा राखिएको बैंकले जानकारी दिएको छ ।

साथै, सूचना प्रकाशित मितिले १ महिनाभित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझिनलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुने समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्