प्रभु बैंकको एटीएम,मोबाईल बैंकिङ सेवा दुई दिन नचल्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ १ गते शुक्रबार साँझ ६ बजेदेखि शनिबार राती १०: ०० बजेसम्म बैंकको एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द गर्ने भएको छ ।
बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्जन अपग्रेड गर्ने प्रयोजनका लागि एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द गर्नुपर्ने भएकाले अस्थायी समयको लागि उक्त सेवाहरु बन्द हुने भएको हो ।














