धितोपत्र बोर्डले दियो थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स, नयाँ ब्रोकरको संख्या ३७ पुग्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

धितोपत्र बोर्डले दियो थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स, नयाँ ब्रोकरको संख्या ३७ पुग्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बिहीबार बसेको बोर्ड संचालक समितिले पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भएको हो ।

बोर्डले सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्यूरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको हो । योसंगै लाइसेन्स पाउने नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ ।

बोर्डका अनुसार सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्य ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । यसअघि चरणवद्ध रुपमा बोर्डले ३२ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरी सकेको हो । अब ६ कम्पनीहरुले लाइसेन्स पाउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्