२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १२ खर्ब २० अर्ब नेपाल भित्रियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १२ खर्ब २० अर्ब नेपाल भित्रियो



काठमाडौं । गत वर्ष विप्रेषण आप्रवाह (रेमिट्यान्स) दोहोरो अंकले वृद्धि गएको छ । एक वर्षमा नेपाल भित्रने रेमिट्यान्स २१ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार अघिल्लो वर्ष भने विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।

गत वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा यस्तो संख्या ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।


प्रतिक्रिया दिनुहोस्