ग्लोबल आइएमई र बिओके क्यापिटलको एकीकृत कारोबार सुरु, भव्य समारोहका बीच शुभारम्भ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमई र बिओके क्यापिटलको एकीकृत कारोबार सुरु, भव्य समारोहका बीच शुभारम्भ



काठमाडौं । आजदेखि ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल लिमिटेडले एकीकृत कारोबार औपचारिक रुपमा शुरु गरेका छन् ।

यी दुवै क्यापिटलले मर्जर प्रक्रिया पूरा गरी आज अर्थात भदौ ४ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन्। मर्जरपश्चात ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट कारोबार शुभारम्भ गरेको हो । सोमबार राजधानीमा एक भव्य समारोहका बीच कारोबार शुभारम्भ गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएको थियो । बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता सेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् ।

यी दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनी पनि एक आपसमा मर्ज भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्