माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भए पछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्