लाभांश सिजन सुरु: हालसम्म १६ वटा कम्पनीले गरे घोषणा, कसले कति दिने ?
काठमाडौं । यस वर्षको लाभांश सिजन सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम प्रतिफल घोषणा गरिरहेका छन् ।
हालसम्म एक दर्जन बढी बैंंक तथा वित्तीय कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी तथा इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गर्नेमा अधिकांश म्युचुअल फण्डहरु छन् । हालसम्म वाणिज्य बैंक तर्फ एउटा मात्र बैंकले लाभांश घोषणा गरेको छ । एक वाणिज्य बैंक र ११ वटा म्युचुल फण्ड र ३ वटा मर्चेन्ट बैंकरहरु रहेका छन् ।
वाणिज्य बैंक तर्फ माछापुच्छ्रे बैंक पहिलो बनेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको हो ।
नेप्सेमा सूचीकृतमध्ये ११ वटा म्यूचुअल फण्डहरुले पनि आफ्ना इकाईधनीलाई प्रतिफल घोषणा गरेका छन् । सनराइज फस्र्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई १६ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । यो अन्य फण्डहरुको तुलनामा सबैभन्दा धेरै हो ।
यस्तै, एनआईसी एशिया डाइनामिकले १० प्रतिशत, कुमारी इक्विटी फण्डले १० प्रतिशत, लक्ष्मी उन्नती कोषले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ ले ८ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन् ।
यस्तै, गत आवको मुनाफाबाट एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६.५ प्रतिशत, कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत र एनआईविएल सहगागिता फण्डले ४ प्रतिशत प्रतिफल इकाईधनीहरुलाई बाँडने भएका हुन् ।
यता, गत आवको मुनाफाबाट एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत, सनराइज क्यापिटलले ३० प्रतिशत (करसहित) र
ज्योति क्यापिटलले १०.२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरि नेशनल फण्ड म्यानेजमेन्टले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
















