एनआरएनए अध्यक्षमा चार उम्मेदवार
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।
गैरआवासीय नेपाली विश्व सम्मेलन एवं एघारौं अन्तरराष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आज अर्थात असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ । अध्यक्षको उम्मेदवारी दिनेमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार कुमार शर्मा र रविना थापा रहेका छन् ।
त्यस्तै ६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक महिला उपाध्यक्षका लागि बेलायत बस्ने रोजिना प्रधान राई र साउदी अरेयिबा बस्ने यास्मिन बेगम सायदले प्रतिस्पर्धा गरेका छन् ।
महासचिवका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ ।













