१० श्रावण २०८३, आइतबार

साल्ट ट्रेडिङले बढायो चिनीको ‘कोटा’, प्रतिकेजी ९७ रूपैयाँमै पाइने

साल्ट ट्रेडिङले बढायो चिनीको ‘कोटा’, प्रतिकेजी ९७ रूपैयाँमै पाइने



काठमाडौँ। साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ ।

कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुराएको हो । हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् ।

कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । रकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।