१० श्रावण २०८३, आइतबार

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले पदबाट दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले पदबाट दिए राजीनामा



काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

थानीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग मन्त्री रमेश रिजाल समक्ष राजीनामा पेश गरेका थिए । कार्यकाल सकिन १५ महिना अगावै थानीले पदबाट राजीनामा दिएका हुन् ।

उनले २०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति भएका थिए । तीन वर्षका लागि नियुक्त थानीले एक वर्ष नौ महिनामै राजीनामा दिएका हुन् ।