अपर तामाकोशीको हकप्रद सेयर बाँडफाँट, अवितरीत सेयर लिलामीमा आउने
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले निष्कासन गरेको १०० प्रतिशत हकप्रद मंसिर २८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो मध्ये ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको थियो ।
जसमा ७ करोड १० लाख २८ हजार ५३० कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको बाँकी सेयर अब लिलामीमा आउने छ ।
कम्पनीले भदौ १८ देखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।













