लगानी गर्ने होइन त ? घलेम्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । तोकिएको अवधिमा माग बमोजिम आवेदन नपरेको हुँदा म्याद थप गरी पुष १६ गतेसम्म लम्बाइएको हो ।
कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ । हकप्रदका लागि कात्तिक ३ गते बुक क्लोज गरेको हुँदा कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।













